२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

कानूनले निषेध गरेको दाइजो प्रथालाई समाजबाट पनि अन्त्य गरौँ : प्रदेश प्रमुख मियाँ

२०८२ जेष्ठ ३२, शनिबार प्रकाशित (0 घण्टा अघि) १५० पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले दाइजो प्रथा विरुद्ध एकजुट भएर आवाज उठाउन आग्रह गर्नुभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शनिबार ओल्मा काउन्सिल(फाउण्डेसन) नेपालको तेस्रो जिल्ला अधिवेशन एवं दाइजो प्रथा उन्मूलन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले दाइजो प्रथा नेपाली समाजमा जरा गाडेर बसेको उल्लेख गर्दै उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कानूनले निषेध गरेको दाइजो प्रथालाई समाजले पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुहुँदै ओल्मा काउन्सिल नेपाल नवलपरासीको कदमप्रति प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले मुस्लिम समुदायमा आजैदेखि दाइजो प्रथा अन्त्य गरिएको घोषणा गरेका थिए ।

03

दाइजो लिने वा दिने कुरामा पाएमा त्यस्तो विवाह नगराउने र नगर्ने प्रतिबद्धता धर्मगुरुहरुबाट व्यक्त भएको ओल्मा काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष शैयद गुलाम हुसेनले जानकारी दिनुभयो । सोही कार्यक्रममा जिल्ला मदरसा, मस्जिद, दरगाह,कब्रस्थान संरक्षण समिति पनि गठन गरिएको उहाँले बताउनुभयो ।
काउन्सिलका जिल्ला अध्यक्ष मौलना जहीरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य अलाउदीन अन्सारी,नेपाल हज कमिटीका केन्द्रीय अध्यक्ष जबुल मियाँ,ओल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेन,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ,जिल्ला समन्वय समितिका पूर्व प्रमुख शिवशंकर राय, जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव,परासी क्याम्पसका प्रमुख सुमनगोपाल आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.मोहम्मद नुरुल होदा,परासी क्याम्पसका प्रमुख सुमनगोपाल आचार्य,आई ग्लोब अस्पताल परासीका प्रमुख डा.देवकुमार यादव,डा. अफ्ताव आलमलाई सम्मान पनि गरिएको अमिरुल्लाह मियाले बताउनुभयो ।

O2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस