२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

जनबिद्रोह मार्फत जनगणतन्त्र : सुदर्शन

२०८२ बैशाख ६, शनिबार प्रकाशित ( दिन अघि) १९० पाठक संख्या

परासी,६ वैशाख । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिती सदस्य हेमन्त प्रकाश वली सुदर्शनले जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने दाबी गर्नुभएको छ ।

शनिबार परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संसदीय ब्यवस्थाले बर्तमान राजनैतिक संकटको हल गर्न नसक्ने जिकिर गर्नुभयो ।

“अहिले पुराना शक्तिहरु सल्बलाएका छन, यथास्थितिवादी शक्तिहरुले यसको हल गर्न सक्दैनन् यसको निकास जन संघर्ष, जन प्रतिरोध र जन बिद्रोह मात्र हुन्छ त्यो सशस्त्र हुन्छ “, उहाँले भन्नुभयो ।

वली उक्त पार्टीद्धारा सञ्चालन भइरहेको जन सम्बन्ध विस्तार अभियानको ४ नम्बर टोलीको नेतृत्व गर्दै नवलपरासी आउनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस