

परासी, २२ चैत । नेपाल बीउ व्यवसायी संघ पश्चिम नवलपरासीले समयमै मल र बीउ उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ । संघको आज परासीमा बसेको बैठकले उक्त माग गरेको हो ।
संघका जिल्ला अध्यक्ष चन्द्रप्रकाश गुप्तको अध्यक्षता तथा संघका लुम्बिनी प्रदेश सदस्य बिमल ढकालको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले देशभित्र विभिन्न बालीनालीका बीउ विजन, उत्पादन, प्रशोधन, खरिद विक्री तथा आयात निर्यातमा सहजीकरण गर्न समेत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले सरकारले सूचीकृत गरेको बीउ कृषकहरुलाई सहज र सुपथ मूल्यमा उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह पनि गरेको छ । बैठकको सहजीकरण संघका सचिव मधुसुधन पौडेलले गर्नुभएको थियो ।
