२०८३ कार्तिक ९, आईतबार
24 खबर अपडेट

कोरोना महामारीबीच हेमन्त शार्माको नयाँ गीत “ए मेरो असफल मायालु” सार्वजनिक

२०७८ अषाढ १, मंगलबार प्रकाशित (५ साल अघि) १९५२ पाठक संख्या

चुडामणि पौडेल
नवलपरासी, १ असार । लोकप्रिय गायक हेमन्त शर्माले कोरोना महामारीबीच “ए मेरो असफल मायालू” बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
गायक शर्माले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सोमबार सार्वजनिक गरेका छन् ।गीतमा गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वर सुन्न पाइन्छ । गीतमा गायक शर्माको स्वरसँगै शब्द, संगीत र अभिनय रहेको छ ।
अभिनयमा गायिका एलिना चौहानले पनि साथ दिएकी छन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ भने विकास धमलाले सम्पादन गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑