२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रसद्धारा उपशाखा र स्थानीय तहलाई आठ हजार ३०० मास्क वितरण

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) ६०६ पाठक संख्या

परासी, २८ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका विभिन्न स्थानीय तह र रेडक्रस उपशाखालाई मास्क वितरण गरेको छ।
कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिल्लमा रहेका रेडक्रसका १६ वटा उपशाखालाई चार हजार मास्क वितरण गरिएको छ भने रामग्राम नगरपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकालाई एक एक हजार गरी चार हजार मास्क वितरण गरिएको जिल्ला सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो । यसैगरी जिल्ला समन्वय समितिलाई पनि तीन सय मास्क वितरण गरिएको छ ।
रेडक्रसले यसअघि पनि स्थानीय तहबाट व्यवस्थापन भएका आईसोलनशन सेन्टरमा खानेपानी तथा स्वास्थ्य सरसफाइका सामग्री एवंं आईसोलेशनमा रहेका बिरामीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री तथा अन्य स्थानीय तहलाई पनि मास्क सहयोग गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस