२०८२ बैशाख ८, सोमबार
24 खबर अपडेट

अविरल वर्षाका कारण घर भत्किएपछि बर्दघाटको बाँसखोलाका नौ परिवार विस्थापित

२०८१ आश्विन १२, शनिबार प्रकाशित ( महिना अघि) २४१ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असोज । अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित पहाडि वस्ती बाँसखोलाका ९ घरमा क्षति पुगेको छ । लगातारको वर्षाले घर भत्किएपछि नौ परिवार विस्थापित भएका छन् ।
बाँसखोलामा रहेका कच्ची घरमा वर्षाका कारण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । वर्षाका कारण घर भत्किएपछि मानवीय तथा पशुचौपायाको क्षति नभएपनि विस्थापित नौ परिवार छिमेकी र आफन्तको घरमा बसेका छन् ।
डिएसपी बोहराका अनुसार बाँसखोलास्थित ५० वर्षीय कोशबहादुर आले, २७ वर्षीय कादर दर्लामी,४२ वर्षीय हरिबहादुर राई,५० वर्षीय तोमनसिंह दर्लामी,५० वर्षीया तिल कुमारी बाह्रघरे,५० वर्षीय बमबहादुर बाह्रघरे,४५ वर्षीय तिलबहादुर रुचाल, ५५ वर्षीय दलबहादुर राई र ५३ वर्षीय कुश बहादुर आलेको घर भत्किएको छ । ढुंगा,काठ र माटोले बनेका अधिकांश कच्ची घरमा बस्न नमिल्ने गरि क्षति पुगेको छ । घर भत्किएकाका परिवारलाई घर निर्माणका लागि आवश्यक राहत नगरपालिकाले उपलब्ध गराउने बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

तस्बिरमा भत्किएका घरहरको अवस्था

0

2

 

3

 

4

 

5

 

6

 

7

 

8

 

9

तस्बिर सौजन्य :  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस