२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अधेरीखोला खानेपानी उपभोक्ता संस्थाद्धारा दुई महिनाको महशुल मिनाहा

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) १११७ पाठक संख्या

मोहन पौडेल
परासी, २८ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको कारण सबै क्षेत्र प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको अधेरीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुनवल-११ ले खानेपानी महसुलमा छुट दिने भएको छ ।
कोभिड महामारी र यसको नियन्त्रणको लागि गरिएको निषेधाज्ञाले पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्ना उपभोक्तालाई दुई महिनाको महसुल मिनाहा गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले दैैैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
कोरोना भाइरसको प्रभावका कारण आमउपभोक्तालाई सहजताका लागि महसुलमा छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो । यसबाट आमउपभोक्तालाई केही राहत पुग्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको संस्थाले जनाएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार निषेधाज्ञाका कारण आम्दानीमा प्रभाव पारेकाले वैशाख र जेठ महिनाको महशुल छुट गरिएको हो ।यो रकम करिब साढे तीन लाख हो । यसैगरी निषेधाज्ञा अबधिभरको जरिवाना पनि छुट गरिएको संस्थाका व्यवस्थापक रुक्मागद बस्यालले बताउनुभयो ।
हाल यश आयोजनाले सुनवल-११ र १२ का एक हजार धारा मार्फत पानी वितरण गरिरहेको छ। यसबाट उक्त क्षेत्रका बीस हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%

प्रतिक्रिया दिनुहोस