२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

९०० विपन्न परिवारलाई ग्यास चुल्हो वितरण गर्दै पाल्हीनन्दन गाउँपालिका

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) १८५५ पाठक संख्या

मोहन पौडेल
परासी, २० जेठ – खाना पकाउन प्रयोग गरिदैँ आएको गुईठा र दाउरालाई प्रतिस्थापन गर्न नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले ग्यास चुल्हो वितरण गर्ने भएको छ । यहाँका अधिकांश घरपरिवारले अझै पनि परम्परागत गुईठा र दाउराको प्रयोग गरी खाना पकाउने गर्दछन् ।
चालु आवमै गाउँपालिकाका अति विपन्न, गरीब, दलित ९०० घरपरिवारलाई ग्यास चुल्हो वितरण गर्ने गरि काम अघि बढेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो । छ वटा वडा रहेको यस गाउँपालिकाका प्रत्येक वडामा १५० घरपरिवारको दरले ग्यास, चुल्हो, रेगुलेटर, पाईप वितरण गर्न लागेको उहाँले बताउनुभयो ।
“अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारण ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको हो”, उहाँले भन्नुभयो ।
अहिले प्रत्येक वडा कार्यालय मार्फत ग्यास चुल्हो वितरण गर्नुपर्ने अति विपन्न घरपरिवारको निवेदन सङ्कलन भईरहेको गाउँपालिकाले जनाएको छ । यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र गाउँपालिका नै धुँवामुक्त हुने विश्वास गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
कार्यविधि नै बनाएर विपन्न वर्गलाई ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । ७० प्रतिशत अनुदानमा ग्यास चुल्हो वितरण गर्न लागिएकोले विपन्न वर्गलाई सहज हुने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस