२०८३ श्रावण १९, मंगलबार
24 खबर अपडेट

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने सरकारको निर्णय

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ९३४ पाठक संख्या

नवलपरासी, १७ जेठ । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।

बैठकमा सहभागि एक मन्त्रीले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गर्यो ।’

राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस