२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

रामग्राम स्टेडियममा ६ सय क्षमताको दर्शक प्याराफिट बन्दै,मेयर यादवद्धारा शिलान्यास

२०८० कार्तिक १५, बुधबार प्रकाशित ( महिना अघि) ८०८ पाठक संख्या

परासी, १५ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–४ जीतपुर स्थित रामग्राम स्टेडियममा दर्शक प्याराफिट निर्माण शुरु गरिएको छ । रामग्राम नगरपालिकाले ६ सय दर्शक क्षमताको सुविधासम्पन्न प्याराफिट निर्माण गर्न लागेको हो ।
आगामी २०८१ भदौ २२ गते निर्माण सम्पन्न हुने उक्त प्याराफिटको आज रामग्राम नगरपालिकाका मेयर धनपत यादवले शिलान्यास गर्नुभयो । निर्माणाधिन स्टेडियमलाई सुविधासम्पन्न खेलमैदान बनाउने उद्देश्य अनुरुप थप पूर्वाधारको रुपमा प्याराफिट निर्माण थालिएको मेयर यादवले बताउनुभयो । फुटबल स्टेडियमको रुपमा रहेको यस स्थलमा अन्य पूर्वाधारहरुसमेत थप गर्दै जाने उहाँले बताउनुभयो । नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको समेत मेयर यादवको भनाई थियो ।
रु ६ करोड ९ लाख ७५ हजार कूल लागत अनुमान गरिएको उक्त प्याफिट ब्रम्हायणी विरुपाक्ष विज्ञान जेभी झापाले ५ करोड १० लाख २६ हजार रुपैँयामा निर्माण गर्ने गरि सम्झौता भएको नगरपालिकाका ईन्जिनियर माधव न्यौपानेले जानकारी दिनुभयो । अपांग मैत्री रुपमा निर्माण हुने प्याफिटमा ६०० दर्शक बस्ने क्षमता रहने उहाँले बताउनुभयो । लिफ्ट सहितको उक्त प्याराफिटमा व्यापारिक सटर, शौचालय, चेन्जीङ कोठा समेत निर्माण हुनेछ । रामग्राम ४ का वडा अध्यक्ष मदन यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपमेयर सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस