२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोरोना महामारीकैबीच सुनवल जेसीजद्धारा रक्तदान कार्यक्रम

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) ९६२ पाठक संख्या

परासी, १५ जेठ । कोभिड संक्रमणको महामारीमा रगतको अभाव भएपछि पश्चिम नवलपरासीको सुनवलस्थित सुनवल जेसीजले रक्तदान कार्यक्रम गरेको छ । सुनवल ४ रमवापुरस्थित रेडक्रस भवनमा सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाई आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै कोरोना महामारीबीच आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र सुनवल उपशाखाको प्राविधिक सहयोग रहेको सुनवल जेसीज वर्ष २०२१ की महासचिव जमुना थापाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
सुनवल जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव पौडेलको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रेडक्रस सुनवल उपशाखाका सभापति गोपालप्रसाद शर्मा लामिछाने, सुनवल जेसीजका निवर्तमान अध्यक्ष उत्सव पौडेल, पूर्व अध्यक्षहरु लेखनाथ गौतम, चुडामणि गैरे, जीवन पौडेल लगायतको आथिथ्य रहेको थियो ।
अध्यक्ष पौडेलले कोरोना महामारीको समयमा पनि कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । अहिले संसार नै कोभिडसँग जुधिरहेको बेला जिल्लामा पनि रगतको कमि भएको जानकारी आएपछि थोपा थोपा रगत सकलन गरी मानिसहरुको जीवन रक्षामा सहयोग गर्नुपर्छ भनेर महामारीकै बीच रक्तदान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस