२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

२५६५ औँ बुद्धजयन्ती – रामग्राम स्तूपमा दिप प्रज्वलन

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित ( साल अघि) ७४० पाठक संख्या

मोहन पौडेल
परासी, १२ जेठ – २५६५ औँ बुद्धजयन्तीको अवसरमा भगवान् गौतम बुद्धको सिङ्गो अस्तुधातु रहेको स्थल रामग्राम स्तुपमा आज साँझ दिप प्रज्वलन गरिएको छ । दोस्रो भेरियन्टसहितको कोरोना भाईरस संक्रमणको जोखिमका कारण यस वर्ष दिप प्रज्वलन गरी सामान्य रुपमा बुद्धजयन्ती मनाईएको हो ।
विगतका बुद्धजयन्तीमा उल्लख्य मात्रामा बुद्धधर्मालम्बीहरु तथा अन्य समुदायको उपस्थितिमा भव्य रुपमाा बुद्धजयन्ती मनाउने गरिएकोमा यसवर्ष भने स्तुप क्षेत्र सुनसान बन्यो । विश्व शान्ति र कोरोना महामारीबाट मुक्तिको कामना गर्दै दिपप्रजवलन गरिएको स्तुपको रेखदेखमा खटिएका लुम्बिनी विकास कोषका कर्मचारी दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।।
स्तुप क्षेत्रमा आजै पिस क्लव ईन्टरनेशनलले पनि दिप प्रज्वलन गरी शान्तिको कामना गरेको क्लबका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–७ मा अवस्थित स्तूप भगवान् गौतम बुद्धको उत्खनन् नगरिएको सिङ्गो अस्तुधातु रहेको एक मात्र स्थल हो ।
भगवान् शाक्यमुनी बुद्धको महापरिनिर्माण पश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राममा स्तुपको निर्माण गरेको हो ।
सम्राट अशोकले ईशापूर्व २४९ मा लुम्बिनीलगायत बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाएका स्तुप उत्खनन् गरी त्यसलाई विभक्त गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागराजाले रोकेर अस्तुधातु उत्खनन् गर्न नदिएकाले बुद्धको आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूप मध्ये रामग्राममा अवस्थित स्तूप मात्र पवित्र र उत्खनन् नभएको स्तूपको रुपमा मानिन्छ ।
ईतिहासविद् डा डब्लु होईद्वारा सन १८९९ मा रामग्राम स्तूप पत्ता लगाइएको हो । स्तूप क्षेत्रको संरक्षण तथा विकासको जिम्मेवारी लुम्बिनी विकास कोषको रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस