२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

आगामी मौद्रिक नीतिपछि व्याजदर घट्छ : चन्द्र ढकाल

२०८० अषाढ २३, शनिबार प्रकाशित ( साल अघि) ५३२ पाठक संख्या

मोहन पौडेल

परासी, २३ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीतिपछि व्याजदर घट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चर्को व्याजदर,महंगो बेश रेटका कारणले शिथिल बनेको व्यवसायिक क्रियाकलापलाई क्रियाशील बनाउन सरकारलाई उपाय सहित सुझाव दिईएकोले सम्बोधन हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।

नवलपरासी उद्योग वाणिज्य संघको पन्ध्रौं पद हस्तान्तरण तथा अतिथिगृह उद्घाटन समारोहलाई आज परासीमा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । व्यवसायीलाई हतोत्साही होइन मनोबल बढाउने काम गर्न उहाँले जोड दिनुभयो । उहाँले विभिन्न बहानामा दोषी नहठरिदैँ व्यवसायीलाई दु:ख दिने काम भईरहेको भन्दै उहाँले त्यस्ता कार्यले व्यवासायिक र लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले नवलपरासीलाई ओैद्योगिक क्षेत्रको रुपमा घोषणा गर्न आवश्यक रहेको बताउनुभयो । चर्को व्याजदर र आर्थिक मन्दीका कारण निजी हतोत्साहित भएको बताउँदै उहाँले सरकारले समस्या समाधानमा पहल गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा नवलपरासी उद्योग वाणिज्य संघको १५ ओैँ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अग्रहरीसहितका पदाधिकारीलाई सपथग्रहण सहित पदस्थापन गरिएको संघका नवनिर्वाचित उद्योग उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस