२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विदेशबाट काठ आयात हुनुमा ठूलो चलखेल छ, रोक्नुपर्छ : फेकोपन अध्यक्ष भण्डारी

२०८० जेष्ठ ३१, बुधबार प्रकाशित ( साल अघि) ६५९ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । विदेशबाट आयात हुने काठ रोक्न सामुदायिक वन उपभोक्ता महासंघ फेकोपन नेपालले माग गरेको छ । नेपालका वनमा रहेका काठ उपयोग गरि विदेशबाट आयात हुने काठ रोक्नुपर्ने महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीले आज भूमहीमा गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष भण्डारीले विदेशबाट काठ आयात गर्नुमा ठूलो चलखेल रहेको दाबी गर्नुभयो । नेपालका सामुदायिक वनका काठ घाटगद्दीमा कुहाएर राख्ने तर विदेशबाट ठूलो मात्रामा काठ आयात गर्नुमा गलत नियत देखिएको उहाँको भनाई थियो ।
विदेशबाट काठ आयातमा भईरहेको चलखेललाई ढाकछोप गर्न वनका उपभोक्तालाई नकरात्मक आरोप लगाउने गरिएको अध्यक्ष भण्डारीको भनाई थियो । केन्द्रीय अध्यक्ष भण्डारीले सामुदायिक वनका काठ उपयोगमा ल्याउन र विदेशबाट गरिने काठ आयात रोक्न स्थानीय समुदायमा बहस पैरवी चलाउन आग्रह गर्नुभयो ।

F1

 

सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीकी अध्यक्ष शारदा शर्मा पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल परियारले उपभोक्ताले बचाएको सामुदायिक वनलाई वैज्ञानिक वनको नाममा मास्ने काम भईरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालय नवलपरासीले महासंघलाई वाईपास गर्ने गरेकोले अब शसक्त भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले आआफ्नो वन क्षेत्रमा भईरहेको नदी दोहन र अतिक्रमण रोक्न आग्रह गर्नुभयो । सामुदायिक वन भित्र रहेका खोलाबाट अनाधिकृत रुपमा नदीजन्य पदार्थको चोरी निकासी बन्द गराउन उपभोक्ता लाग्नुपर्ने बताउँदै उहाँले वन क्षेत्र जोगाउन जोड दिनुभयो ।
कार्यक्रममा महासंघको केन्द्र तथा प्रदेश समितिमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको महासंघका प्रदेश सदस्य नारायण पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला महासंघका सुमित्रा भट्टराई, डिलकराज डुम्रे लगयातले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

F2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस