२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

नवलपरासीका महेश अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागि हुन बंगलादेश प्रस्थान

२०७९ फागुन ४, बिहिबार प्रकाशित ( साल अघि) ४६३ पाठक संख्या

नवलपरासी,४ फागुन । यहि फागुन ४ देखी ७ सम्म बंगलादेशमा हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भागलिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन) आज बंगलादेश तर्फ प्रस्तान गरेका छन् । १४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले दोसल्ला ओडाएर सम्मान सहित बिदाई गर्नु भएको थियो । सो अवसरमा कार्यबहाक नगर प्रमुख दुबेले सुनवल नगरको नाम विश्वमा राख्न सफलहुनु भन्दै शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।

छोटो अवधिमा जिल्ला र राष्ट्रिय बिजेता हुदै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न बंगलादेश जाने सम्मको क्षमता कमै ब्यक्तिहरुमा रहने भन्दै आफ्नो विद्यार्थीले यसप्रकारको जिल्लाकै ऐतिहासिक रेकड राख्न सफल भएको बताउदै अन्तराष्ट्रीय स्तरमा समेत कुनै न कुनै स्थान प्रास्त गर्नेमा आफु विश्वस्त रहेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भएको छ ।

राष्ट्रिय प्रतियोगितामा समेत टप २० मा पर्न सफल पंगेनी सुनवल युनाईटेड सेकेण्डरी स्कुल,सुनवलको कक्षा ९ मा अध्ययनरत रहेका छन् । अंग्रेजी भाषामा अक्षरहरु मिलाएर नया शब्दहरु छिटो निर्माण गरि आफ्नो क्षमता बृद्वि गर्ने उद्देश्यले खेलाईने यो अंग्रेजी स्क्राबल प्रतियोगितामा मिसनको निक्कै क्षमता रहेको छ । हाल सुनवल युनाइटेड सेकेण्डरी स्कुलका ४० जना विद्यार्थीहरुले अहिले स्क्राबल प्रतियोगिता को तालिम प्राप्त गरी अन्य विद्यार्थीहरुलाई समेत उक्त कार्यव्रmममा नियमित रुपमा प्रशिक्षण दिदै आइरहेका छन ।

१५/१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ। यो खेलमा एक पटकमा २ देखि ४ जनासम्मले खेल्न सकिने हुन्छ भने यो खेल अमेरीकावाट शुरु भएको मान्छि ।

स्क्राबल खेलले प्रतिस्पधीबीच भाषा बिकास, सञ्चारको सिप, सहकार्य, नयां शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पु¥याउने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस