२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

सरावलमा दोस्रो राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिता सम्पन्न,विद्यालयदेखि नै खेलाडी उत्पादनमा प्रोत्साहन : अध्यक्ष चौधरी

२०७९ फागुन ४, बिहिबार प्रकाशित ( साल अघि) १०८१ पाठक संख्या

मोहन पौडेल
परासी, ४ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिताको उपाधि आदर्श मावि खोखरपुराले उचालेको छ । फागुन १ देखि ३ गतेसम्म सोही विद्यालयमा सञ्चालित प्रतियोगिताको उपाधि आदर्श मावि खोखरपुराले नै चुम्न सफल भएको हो ।
सरावल गाउँपालिकाको आयोजना र आदर्श मावि खोखरपुराको आतिथ्यमा सम्पन्न प्रतियोगिताका विभिन्न ईभेन्टमा ११ गोल्ड जित्दै उक्त विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको । प्रतियोगितामा गाउँपालिका भित्रका १६ विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १८ वर्ष मूनिका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्र्तगत भलिवल प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ सेकेण्डरी स्कुल गोबरहिया र छात्रातर्फ आदर्श मावि खोखरापुराले प्रथम स्थान हासिल गरेका छन् । कपर्दी प्रतियोगिता अन्र्तगत छात्रतर्फ महेन्द्र मावि सरावल र छात्रातर्फ आदर्श मावि खोखरपुराले प्रथम स्थान हासिल गरेका छन् । यस्तै एथलेटिक्समा आदर्श मावि खोखरापुरा प्रथम, जनता मावि मनरी द्धितिय र जनता मावि भुजहवा तृतीय भएको आतिथ्य विद्यालय आदर्श मावि खोखरपुराका प्रधानाध्यापक देवनारायण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयलाई सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले विद्यालय तहका खेल प्रतिभाहरु उजागर गर्न टेवा पुगेको बताउनुभयो । खेलको माध्यमबाट बालबालिकाको चौतर्फी विकास हुने बताउँदै अध्यक्ष चौधरीले स्वास्थ्य र उज्वल भविष्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाले पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउँदै आगामी दिनमा खेल क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी चौधरीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमुख तुलसी अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, जिल्ला खेलकुद विकास समितिका सदस्य रामबहादुर कुर्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस