२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावल गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता फागुन एकदेखि

२०७९ माघ २३, सोमबार प्रकाशित ( साल अघि) १२७१ पाठक संख्या

मोहन पौडेल
परासी, २३ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता आयोजना हुने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आवश्यक तयारी थालिएको छ ।
यस वर्ष सरावल गाउँपालिकाको खोखरपुरास्थित आर्दश माविमा दोस्रो राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको सफल पार्न प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिसहित विभिन्न उपसमितिहरु गठन गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक खबरलाई जानकारी दिनुभयो ।
आज गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुसहित सम्पन्न बैठकले गाउँपालिका अध्यक्ष चौधरीको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गठन गरेको हो ।
बैठकले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन मनोज चौधरीको संयोजकत्वमा प्राविधिक उपसमिति, तुलसी अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति,देवनारायण चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्यनरत १८ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता जनाउनेछन् । सरावलमा १६ वटा विद्यालयमा ६– १२ कक्षा सञ्चालनमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस