२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

देवकोटा मावि सुनवलमा आजदेखि नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

२०७९ माघ ४, बुधबार प्रकाशित ( साल अघि) ४७१ पाठक संख्या

परासी, ४ माघ । पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा नमुना माविमा आज देखि दोश्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले समाज परिवर्तन गर्न शिक्षा र खेलकुदको महत्व रहेको बताउनुभयो । उहाँले विधालयको शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि आफ्नो तर्फबाट सम्पुर्ण साथ र सहयोग रहने बताउनुभयो ।
आगामी माघ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सुनवल नगर भित्रका २० वटा विधालयहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक खेमलाल शर्मा जोशीले जानकारी दिनुभयो । उत्तः अवसरमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम सहित प्रतियोगिता शुभारम्भ गरिएको थियो ।
विधालय व्यवस्थापन समितिका अधक्ष्य ज्ञानहरी अर्यालको अधक्षतामा भएको उद्दघाटन समारोहमा सुनवल नगर प्रमुख बिमला अर्याल, निवर्तमान नगर उपप्रमुख दधिराम अर्याल,जिल्ला खेलकुद बिकास समितिका उपाध्याक्ष रमेश कर्मचार्य,राप्रपा केन्दिय सदस्य देवि घिमिरे,विधालयका पुर्व अध्यक्ष एवं सल्लाहकार बिष्णु पौडेल लगायतले सुभकामना व्यक्त गर्नुभएको थियो ।
आज पहिलो दिन मार्चपास, ४००÷२०० मीटर दौड, हाई जम्प, भलिबल, कबड्डी लगायतका खेल भएको खेल संयोजक एवं विधालयका प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस