२०८३ बैशाख २८, सोमबार
24 खबर अपडेट

अरुणा डिष्टिलरी र लुम्बिनी पेपर उद्योगको प्रदुषण नियन्त्रण गर्न जसपा अध्यक्ष यादवको माग

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) १२९७ पाठक संख्या

मोहन पौडेल
परासी, २६ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेका दुई वटा उद्योगबाट निस्कने प्रदुषित पानीले वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै जसपा नवलपरासीले उचित समाधान खोज्न माग गरेको छ । जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादवले विज्ञप्ति जारी गर्दै रामग्राम १७ पट्खौलीस्थित अरुणा डिष्टिलरी र रामग्राम १० नदवास्थित लुम्बिनी पेपर मिल्स्को प्रदुषण नियन्त्रण गर्न माग गर्नुभएको हो ।
अरुणा डिष्टिलरीले त्यस क्षेत्र भएर बग्ने भलुही खोलामा प्रदुषित मिसाउँदा पट्खौली देखि हरपुर महेशपुरसम्मै दुर्गन्ध फैलिएको यादवले बताउनुभयो । खोलाको दुर्गन्धित पानीका कारण स्थानीयबासी बिरामी हुने, जलचर प्राणी मर्ने,सिँचाई गर्न नसकिएको, गाईवस्तुले पिउन र नुहाउन नसक्ने जस्ता समस्या भएको स्थानीयवासीले गुनासो गरेको उहाँको भनाई छ ।
यसरी वातावरणीय प्रभाव र मानव स्वास्थ्यमै गम्भीर असर पुर्याउँदा पनि सम्बन्धित निकाय चुपचाप देखिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । यस्तै लुम्बिनी पेपर मिल्स्बाट निस्कने फोहोर पानीले नदवा हुँदै सनईसम्म प्रदुषण फैलाएको यादवले बताउनुभयो । यो उद्योगबाट निस्कने फोहोर पानीले अन्न बाली, बोट बिरुवा र पशुपंक्षी मर्ने गरेको,जमिन मुनिको पानी धारामा आउँदासमेत दुर्गन्ध आउने गरेको, वायु प्रदुषण हुने गरेको,बालीनालीको उब्जनी घटेको,खोलाको पानी विषाक्त हुँदा सिँचाइ गर्न समस्या भएको तथा त्यस क्षेत्रमा हिँडडुल गर्न समेत सकिने अवस्था नरहेको र नन्दन तालसमेत फोहोर भएको उहाँले बताउनुभयो ।
जसपाले यथाशिघ्र यस्ता उद्योगको प्रदुषण नियन्त्रण गरी वातावरण संरक्षण गर्न माग गर्दै नियमन निकाय मौन बसेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रदुषण नियन्त्रणमा चासो नदेखाए भविष्यमा आउने समस्याको जिम्मवार सम्बन्धित निकाय नै हुने जसपाले चेतावनी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१%१%

प्रतिक्रिया दिनुहोस