२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासी–१का मतदाता ईमान्दार छन्,पैसाको लोभमा स्वाभिमान बेच्दैनन्,मलाई नै जिताउँछन् – त्रिपाठी

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

परासी, १८ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ का मतदाता स्वाभिमानी र ईमान्दार रहेको सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयेश त्रिपाठीले बताउनुभएको छ । यहाँका नागरिकले पैसाको पछि लागेर आफ्नो स्वाभिमानलाई बेच्न नसक्ने उहाँको भनाई थियो ।
जनता प्रगतिशील पार्टी र नेकपा एमालेको संयुक्त आयोजनामा आज सुस्ताको सेखुवानीमा भएको संयुक्त आमसभालाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले नवलपरासी क्षेत्र नं १ का मतदाताले पर्यटक उम्मेदवारलाई हराएर पठाउने दाबी गर्नुभयो । सत्ता गठबन्धनबाट डलर अरबपति विनोद चौधरी र नेकपा एमाले,जनता प्रगतिशील पार्टी र जसपाको तालमेलबाट पूर्वमन्त्री हृदयेश त्रिपाठी प्रतिस्पर्धी रहेको यो क्षेत्र सर्वाधिक चासोको साथ हेरिएको क्षेत्र हो ।
यहाँका मतदाताले आफूलाई पटकपटक जिताएर पठाएको र यहाँका नागरिकको शीर निहुरीने गरी कुनै गलत काम नगरेकोले यसपटक पनि मतदाताले आफूलाई जिताउने त्रिपाठीको दाबी छ । आफ्नो पहलमा भएका विकास निर्माणका संरचनामै उभिएर हृदयेशले केही गरेन भनेर विपक्षीले भ्रम छरेको उहाँको भनाई थियो । मेरै पहलमा बनेको क्याम्पसमा बसेर बाबाले केही गरेनन् भन्छन्, मैरै पहलमा बनेको सडक र पुलमा बसेर बाबाले केही गरेन् भन्छन्,मेरै पहलमा अझै धेरै सडक पुल बन्दै छन् उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, बाबाले उनीहरुलाई सधैँ हरायो, अहिले पनि हराएरै छोड्छन् । प्रतिस्पर्धी विनोद चौधरीप्रति संकेत गर्दै नेता त्रिपाठीले यहाँको विकासका लागि नभई विनोद चौधरी आफ्नो व्यवसाय विस्तार र मन्त्री बनेर सिजी टेलिकमको ेलाईसेन्स लिने मूख्य लक्ष्यका साथ चुनाव लड्ेको बताउनुभयो । अन्य शहरहरुमा नपत्याएपछि यहाँका मतदाता सोझा छन् भनेर आफ्नो क्षेत्र छोडेर चौधरी नवलपरासी आएर चुनाव लडेको भन्दै नेता त्रिपाठीले दुई पटक र्सासद हुँदा चौधरीले केही काम गर्न नसकेको बताउनुभयो । नेता त्रिपाठीले पैसाको बलमा चुनाव जितिन्न भन्ने प्रमाणीत गरेर विनोद चौधरीलाई देखाईदिन मतदातालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा १ ख का प्रदेशसभा सदस्य पदका एमाले उम्मेदवार दीपक राज शर्माले आफू किसानको छोरो भएको र यो क्षेत्रका सबै समस्या बुझेकोले जितेपछि कुनै भेदभाव नगरी साझा प्रतिनिधिको रुपमा काम गर्ने बताउनुभयो । अधुरा विकास योजना पूरा गर्दै उखु र केरा किसान सहित अन्य किसानका समस्या समाधान गर्न आफू अग्रणी स्थानमा रहेर लागिपर्ने उहाँले बताउनुभयो ।
सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष एवं एमाले नेता रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरिता खनाल, जिल्ला सचिव धीरज शर्मा बस्याल, मदारबाबाका मठाधिस अमिरुल्लाह अन्सारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस