२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अधुरा विकास योजना पूरा गर्दै जनताको सेवक भएर काम गर्नेछु – थानप्रसाद गैरे

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

सुनवल, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) बाट पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्य पदका उम्मेदवार थानप्रसाद गैरेले आगामी मंसिर ४ मा हुने निर्वाचनमा विजयी भएपश्चात जनताको सेवक भएरै काम गर्ने बताउनुभएको छ ।
जनप्रतिनिधि भएपछि शासक बन्ने प्रवृत्ति देखिएको तर आफु शासक नभई जनताको सुखदुःखको सारथी बन्दै जनताकै सेवक भएर काम गर्ने उम्मेदवार गैरेले बताउनुभयो । राजनीति र जनताको सेवामा लामो समयदेखि जीवन समर्पित गर्नुभएका एमाले नेता गैरेले आफ्नो क्षेत्रको थप विकस र जनताको सेवाका लागि चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
मतदातासँग मत माग्दै उहाँले लामो समय आफूले शोषित, पीडित, गरिव, आदिवासी जनजाति, पछाडी पारिएका समुदायको लागि आवाज उठाउदै आएको र अब पनि यहाँका श्रमजीवि वर्गको उत्थानमा निरन्तर लाग्ने बताउनुभयो ।
जनताको सेवा र समाज विकासमै आफ्नो जीवन समर्पित भएकोले मतदाताको विश्वास जित्ने उहाँले बताउनुभयो । विगतमा पनि यस क्षेत्रबाट एमालेले जितेर विकासमा ईतिहास कायम गरेको र अव पनि ती अधुरा विकास योजना पूरा गर्न एमालेले नै जित्नुपर्ने नेता गैरेको दाबी छ । आफ्नो प्रदेश निर्वाचन क्षेत्रलाई समृद्ध र विकासको नमूना क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताउँदै उहाँले विगतमा सुनवल गाविसको अध्यक्ष हुँदा गरेका कामले पनि मतदाताले विश्वास गरेको बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस