२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पर्यटन प्रवद्र्धन गर्न रामग्राम जेसीजद्धारा रामग्राम स्तूपदेखि पण्डितपुरसम्म मोटरसाईकल ¥याली

२०७९ आश्विन ११, मंगलबार प्रकाशित ( साल अघि) १२५१ पाठक संख्या

मोहन पौडेल
परासी,१० असोज । विश्व पर्यटन दिवसको अवसरमा रामग्राम जेसीज परासीले आज पर्यटन प्रवद्र्धनका लागि वृहत मोटरसाईकल ¥याली सम्पन्न गरेको छ । भगवान् गौतम बुद्धको उत्खनन् नगरिएको सिंगो अस्तुधातु रहेको स्थल रामग्राम स्तुप र सम्भावित बुद्ध मावली पण्डितपुरको पर्यटन प्रवद्र्धन गर्न आज रामग्राम स्तुपदेखि पण्डितपृरसम्म मोटरसाईकल र्याली गरिएको हो ।
पश्चिम नवलपरासीमा पर्ने सबैभन्दा प्राचीन र विश्व सम्पदाको रुपमा रहेका रामग्राम स्तुप र पण्डितपुरको उचित विकास नहुँदा ओझेलमा रहेकोले यी स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले मोटरसाईकल र्याली गरिएको रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल कुमार उपाध्यायले बताउनुभयो । लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने जिम्मेवारी लिएपनि यी पुरातात्विक स्थलको विकासमा कोषले वेवास्ता गर्दै आएकोले यहाँका युवाहरु यी स्थलको प्रवद्र्धनमा लागेको उहाँले बताउनुभयो ।
रामग्राम स्तुपको प्रवद्र्धन गर्न रामग्राम जेसीज स्थापनाकालदेखि नै क्रियाशील रहेको बताउँदै अध्यक्ष उपाध्यायले रामग्राम स्तुप र पण्डितपुरको विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यहाँका नागरिकको आर्थिक, सामाजिक, सास्कृतिक रुपान्तरण हुने बताउनुभयो ।
रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ उजैनीमा र पण्डितपुर रामग्राम १८ मा अवस्थित छ । आज विहान रामग्राम स्तुपमा मोटरसाईकल र्यालीको रामग्राम नगर प्रमुख धनपत यादवले झण्डासहित शुभारम्भ गर्नुभएको थियो ।
मेयर यादवले ऐतिहासिक एवं पुरातात्विक रामग्राम स्तुपको विकासका लागि रामग्राम नगरपालिकाले विशेष जोड दिएको बताउनुभयो । लुम्बिनी विकास कोषले आफूले पनि केही नगर्ने र स्थानीय सरकारलाई पनि केही गर्न लाग्दा रोक्ने गरेको बताउँदै मेयर यादवले अब पनि लुम्बिनी विकास कोषले स्तुपको विकासमा ध्यान नदिए नगरपालिका पछि नहट्ने बताउनुभयो ।
लुम्बिनीमा आउने पर्यटकलाई रामग्राम स्तुपसम्म आउने वातावरण बनाउन रामग्रामदेखि लुम्बिनीसम्म पर्यटक बस सञ्चालन गर्न नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो । रामग्राम स्तुपको महत्व र यहाँसम्म पर्यटक आईपुग्ने वातावरण बनाउन लुम्बिनीमा रामग्राम स्तुपको बारेमा विभिन्न भाषामा जानकारी सहितको होर्डिङ् बोर्ड र ब्रोसरहरु समेत निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । स्तुपको विकासमा सरकारी निकाय मात्र नभएर स्थानीयवासीहरु पनि अग्रसर हुनुपर्ने बताउँदै उहाँले रामग्राम स्तुपको महत्वबारे सबैले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्यले विश्व सम्पदा सूचीमा सूचीकृत नहुँदासम्म रामग्राम स्तुपको विकास नहुने बताउँदै त्यसका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो । पिस क्लव अफ ईण्टरनेशनलका महासचिव एवं पत्रकार बेचु गौडले नगरपालिका पनि स्थानीय सरकार भएकोले लुम्बिनी विकास कोषको आशामा नभई आफै अग्रसर हुनुपर्ने बताउनुभयो ।
यस्तै मोटरसाईकल र्यालीलाई पण्डितपुरमा स्वागत गर्दै रामग्राम १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरले पुरातत्वविद्बाट उत्खनन् भई बुद्धको मावली प्रमाणीत हुने महत्वपूर्ण भग्नावेशहरु पण्डितपुरमा भेटिँदा पनि पहुँच नपुग्दा बुद्ध मावली स्थलको रुपमा घोषणा हुन नसकेको बताउनुभयो । उहाँले पण्डितपुरलाई बुद्धको मावलीको रुपमा घोषणाका लागि सबै क्षेत्रबाट पहल हुनुपर्ने बताउँदै यसको प्रवद्र्धनमा जेसीजले गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले जेसीजले यूवाहरुको नेतृत्व,व्यक्तित्व विकाससँगै समाज रुपान्तरणमा पनि भूमिका खेल्दै आएको बताउँदै मोटरसाईकल र्यालीको माध्यमबाट रामग्राम स्तुप र पण्डितपुर जस्ता ऐतिहासिक स्थलहरुको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामग्राम जेसीजका कार्यकारीणी उपाध्यक्ष विष्णुराज रावको स्वागत मनतव्य, महासचिव बेनीमाधव बस्यालको सञ्चालन र कानूनी सल्लाहकार मोहन पौडेलको आस्था पाठ बाचन रहेको उक्त कार्यक्रममा स्थानीय विभिन्न संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो ।

फोटो फिचर

J

 

J2

J3

J4

J5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस