२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पुष्पलाल स्मृति दिवस मनाउँदै संगठन सृदृढीकरणमा लाग्ने एमाले सुनवल नगर कमिटीको निर्णय

२०७९ श्रावण ७, शनिबार प्रकाशित ( साल अघि) ७२३ पाठक संख्या

 

परासी, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) सुनवल नगर कमिटीको आयोजनामा ४४ औँ पुष्पलाल स्मृत्ति दिवस कार्यक्रम तथा नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका विचारलाई अंगिकार गर्दै संगठन सदृढीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

एमाले सुनवल नगर अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अर्यालले पुष्पलालले देखाएको बाटोमा हिँड्न आग्रह गर्नुभयो । उहाँले पुष्पलालको विचारबाट प्रभावित भएर नै आज लाखौँ मानिसहरु कम्युनिष्ट पार्टीमा आवद्ध भएर मुलुकको परिवर्तनका लागि लडिरहेको बताउनुभयो ।

नगर प्रमुख अर्यालले सुनवलमा निर्वाचित भएको छोटो समयमै जनमुखि निर्णयहरु गर्दै कार्यान्वयन गरिरहेको बताउनुभयो । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थानप्रसाद गैरे, जिल्ला कमिटी उपसचिव राजन कुमार आचार्य, जिल्ला सचिवालय सदस्य रामचन्द्र भण्डारी, नगर उपाध्यक्ष सुरज अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको नगर सचिव पदम क्षेत्रीले जानकारी दिनुभयो ।

एमाले सुनवल नगर कमिटीको बैठकले वडा कमिटी र भाृत संस्थाहरुलाई क्रियाशील बनाउँदै संगठन विस्तार र सृदृढीकरण गर्ने निर्णय गरेको छ । सदस्यता विस्तार, सदस्यता नवीकरण गर्दै संगठनलाई थप मजबुत बनाउने निर्णय गरिएको नगर अध्यक्ष सुवेदीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस