२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम-५ का समाजसेवी गुप्ताद्धारा ज्येष्ठ नागरिकलाई नि:शुल्क तीर्थयात्रा

२०७९ श्रावण २, सोमबार प्रकाशित ( साल अघि) १३४५ पाठक संख्या

परासी, २ साउन । पश्चिम नवलपरासीको परासीका एकजना समाजसेवीले आफ्नो खर्चमा वडाका ज्येष्ठ नागरिकलाई नि:शुल्क तीर्थयात्रा गराउनुभएको छ ।
रामग्राम नगरपालिका वडा नं.५ निवासी समाजसेवी सन्तोष कुमार गुप्ताले सोही वडाका ५१ जना ज्येष्ठ नागरिकलाई आज तीर्थयात्रा गराउनुभएको हो ।
साउन महिनाको सोमबारको अवसर पारी पवित्र तीर्थ स्थल त्रिवेणीधामदेखि पर्रोहा धामसम्म ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा लगिएको गुप्ताले बताउनुभयो ।
तीर्थयात्रामा जान पाउँदा ज्येष्ठ नागरिक पनि खुसी भएका थिए । मन हुँदाहुँदै पनि आर्थिक अभावका साथै विभिन्न कारणले घुम्न नपाएका तथा समाजका लागि विशेष योगदान दिने ज्येष्ठ नागरिकहरु समाजका सम्पत्ति भएकोले उहाँहरूको सम्मानमा तीर्थयात्रा गराएको गुप्ताको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%

प्रतिक्रिया दिनुहोस