२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

दाईजो प्रथा बिरुद्ध मञ्चिय नाटक मार्फत सचेतना

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) ७४० पाठक संख्या

महेश यादव
सरावल,१२ बैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा दाईजो प्रथा बिरुद्ध मञ्चिय नाटक मार्फत सचेतना जगाईएको  ।
बालिका समृद्धि संवाद केन्द्रकाे आयाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे आर्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्यमा दाईजो प्रथा बिरुद्ध मञ्चिय नाटक सरावल- ४ बडसारमा सम्पन्न भएको हाे ।
संवाद सहयोग समितिका अध्यक्ष बारकल्लाह खानकाे अध्यक्षता तथा वडा नम्बर ४ का वडा सदस्य जन्तिरि सहानिकाे प्रमुख आतिथ्य र समाजसेवी सुरेश प्रसाद यादवकाे विशेष आतिथ्य  कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सहानिले दाईजो प्रथा एक जगन्य अपराध रहेको बताउनुभयो ।  तर पनि हाम्रो समाजमा दाईजाे प्रथा लेनदेन गर्ने प्रबृत्ति ब्यायपक रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो   । उहाँले यस्ता समस्या समाधान गर्न र समाजमा दिनप्रतिदिन बढ्दै गरेको दाईजो लिने प्रथालाई अन्तय गर्न यस्ता कार्यक्रम गर्न आवश्क भएको बताउनुभयो ।
उक्त अवसरमा शक्ति संवाद केन्द्रका सहयोग समितिका अध्यक्ष माेहम्मद सलिम राईन , न्यायीक सराेकार संस्थाका अध्यक्ष माेहम्मद ईजहार शेख ,बडसार मदर्शा अध्यक्ष साबिर अलि शेख , एविसि नेपालकि सुपरभाइजर साईदा निशा पठान , प्रतिभा किशोर किशोरी सञ्जालका अध्यक्ष बुद्धसागर गुप्ता लगायतले मन्तव्य राख्नु भएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस