२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावलमा स्वास्थ्यकर्मीहरुको लागि यौन तथा लैंगिक हिंसा रोकथाम सम्बन्धी तालिम

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित ( साल अघि) ४०० पाठक संख्या

परासी, २० जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको लागि यौन तथा लैंगिक हिंसा रोकथाम सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्धारा सञ्चालित समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम अन्र्तगत आज सरावल गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले आफू माथि हुने हिंसा दबाएर वा लुकाएर राख्न नहुनेमा जोड दिनुभयो । समग्रमा महिला पुरुष सबै कुनै न कुनै हिंसामा पर्ने गरेको भन्दै हिंसा न्यूनीकरणका लागि आफैबाट सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लैङ्गिक विभेदको मारमा सबै परिरहेको भन्दै उहाँले विभिन्न प्रकारका हिंसा,यातनाबाट पीडित हुने र अवसरबाट वञ्चित हुने, बलात्कार तथा यौन दुर्व्यवहारको सिकार हुने गरेका घटनाहरु समयमै सम्बन्धित निकायमा उजुरी गर्न पनि उहाँले जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले स्वास्थ्यकर्मी मार्फत यौन तथा लैंगिक हिंसाबाट कसरी सुरक्षित रहने भन्ने बारे जानकारी गराउन,परिवार वा अभिभावकलाई हिंसाका विषयमा सचेत गराउन तथा सचेतनाको जगाउन यो तालिम गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय र क्यानेडियन रेडक्रसका प्रतिनिधिहरुले सहजीकरण गर्नुभएको छ । क्यानेडियन रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको सहकार्य र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सञ्चालनमा नवलपरासीको रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रममा पश्चिम नवलपरासीसहित खोटाङ् र बाग्लुङ्मा पनि सञ्चालनमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस