२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा नयाँ नेतृत्व

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) ७११ पाठक संख्या

मोहन पौडेल
परासी, १२ वैशाख । लायन्स क्ल्ब अफ नवलपरासी दाउन्नैमा नयाँ नेतृत्व चयन भएको छ । क्लबको  सम्पन्न साधारण सभाले तीलक राम खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो  ।
क्लबका बर्ष २०२०/२१का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता साधारणसभा भएको थियो ।  निर्वाचन अधिकृत एवं क्लबका पुर्व अध्यक्ष गुरुदत्त पौडेलका अनुसार नवगठित क्लबको प्रथम उपाध्यक्षमा भीम सुवेदी,द्धितीय उपाध्यक्षमा  कमल पौडेल सचिवमा रमेश कुमार श्रेष्ठ कोषाध्यक्षमा  गणेश प्रसाद घिमिरे चयन हुनुभएको छ ।
यसैगरी यज्ञ प्रसाद पौडेल,युवराज खत्री, लिलाहरी पौडेल , सेवक भण्डारी , लक्ष्मण पाण्डे र कृष्ण पराजुली पनि  क्लबको  विभिन्न जिम्मेवार पद बोर्ड मेम्बरमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचन अधिकृत पौडेलले आगामी दिनमा लायन्सले गर्ने क्रियाकलाप र कार्यक्रमहरु केही पृथक होस र समाजमा राम्रो छाप छोड्न सफल होस, युवा नेतृत्वले समाज सेवाका हातहरु अझ बढि फैलाउन सफल होस भनी शुभकामना समेत दिनुभएको थियो ।
बैठकमा झण्डाको अभिवादन  रमेश कुमार श्रेष्ठलेले तथा संचालन सचिव भीम सुबेदीले गर्नुभएको थियो
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस