२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सूचना लिने बानी बसालौँ,गाउँपालिका सूचना उपलब्ध गराउन प्रतिबद्ध छ- सुस्ता गाउँपालिका अध्यक्ष पाण्डे

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित ( साल अघि) ८०७ पाठक संख्या

परासी,११ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सूचनाको हकले उपभोग गरी सत्यतथ्य जानकारी लिन र लाभ लिन आग्रह गर्नुभएको छ। उहाँले सूचनाको हकले सार्वजनिक निकायलाई जवाफदेही, जिम्मेवार र पारदर्शी बनाउने भन्दै सार्वजनिक सरोकारका विषयमा सही सूचना लिएर मात्र टिप्पणी गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
सूचनाको माध्यमबाट सुसूचित हुन सके अनावश्यक आशंका र भ्रमबाट मुक्त हुन सकिने उहाँले बताउनुभयो । सुस्ता गाउँपालिकाको आयोजना र रमादेवी मिडिया प्रालिको सहजीकरणमा आज कुडियामा भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डेले नागरिकले सूचना प्राप्ति प्रति चासो लिनुपर्ने बताउनुभएको हो ।
कतिपयले सत्य तथ्य नबुझी सार्वजनिक सरोकारका काममा प्रमाण विनै अनियमितता भएको भनेर मनगणन्ते आरोप र गुनासो गर्ने गरेको भन्दै अध्यक्ष पाण्डेले सूचनाको माध्यमबाट बलियो र वास्तविकता बुझ्न सकिने बताउनुभयो ।
उहाँले सूचनाको हक सम्बन्धी ऐनले तोकेको प्रक्रिया पुर्याएर सूचना माग गर्ने सेवाग्राहीलाई गाउँपालिकाले सहजै सूचना उपलब्ध गराईरहेको । अध्यक्ष पाण्डेले कतिपयले दुःख दिने मनसायका साथ सूचना माग गर्ने गरेको पनि बताउनुभयो ।
दोष लगाउनुपहिले आवश्यक सूचना लिएर वास्तविकता बुझ्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले सार्वजनिक सरोकारका सूचना सहजै उपलब्ध गराउने गरेको बताउनुभयो ।
उहाँले सूचना पाउने नागरिकको मौलिक हक भएकोले सूचनाको हकलाई प्रयोग गरी सुसूचित हुन आग्रह गर्नुभयो । उहाँले सूचना माग गर्दा ठोस रुपमा आएमा सूचना उपलब्ध गराउन सहज हुने बताउँदै सार्वजनिक चासोका विषयमा सूचना माग गर्ने बानीको विकास गर्न जोड दिनुभयो ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी,शिक्षक, संघ संस्थाका प्रतिनिधि,पत्रकार तथा समुदायका सरोकारवालाको सहभागिता रहेको उक्त कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक बसन्त बन्जाडेले सूचनाको हक सम्बन्धी व्यवस्था, यसको प्रयोग,सूचना नपाए गर्नुपर्ने उजुरी र सम्बन्धीत निकायबाट हुने कारवाही लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष मालती न्यौपाने, सामुदायिक रेडियो दाउन्ने एफएमका स्टेशन म्यानेजर मोहन पौडेल,नेपाल राष्ट्रिय मावि नर्सहीका प्रधानाध्यापक काशीराम अर्याल लगायतले बोल्दै सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस