२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीबाट ४ जना बन्दकर्ता पक्राउ

२०७८ फागुन ४, बुधबार प्रकाशित ( साल अघि) १२३९ पाठक संख्या

परासी,४ फागुन – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल ; प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लव नेकपाका बिशेष जिल्ला समिति सदस्य सुमन ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रवक्ता डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । उहाँहरुलाइ ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।
बन्दकर्ताले ठाँउ ठाँउमा टायर बालेर अवरोध पु¥याएका छन् । बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा एक भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड भएको छ । यु.पी ३६ टी ४७३३ नम्बरको भारतीय ट्रक र भुताहामा एक ट्रक तोडफोड् गरेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%२%

प्रतिक्रिया दिनुहोस