२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनयुद्धको २७ औं बार्षिकोत्सव मनायो

२०७८ फागुन १, आईतबार प्रकाशित ( साल अघि) ५५३ पाठक संख्या

नवलपरासी १ फागुन – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ बार्षिकोत्सवको बिशेष कार्यक्रम बर्दघाटमा भएको छ ।
आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको हो । कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले मुख्य नेतृत्वले गद्धारी गरे पनि जनयुद्धको असली हकदार क्रान्तिकारी माओवादी रहेको जिकिर गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार आफुहरुले पुरा गर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
त्यस्तै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले एक प्रेस बक्तब्य जारी गर्दै जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेको छ । जिल्ला सेक्रेटरी छविलाल खरेलद्वारा हस्ताक्षरित बक्तब्यमा जनवादी क्रान्तिको लक्ष्य पुरा गर्न सबै क्रान्तिकारी शक्तिहरुबीच धुब्रीकरणकोे आब्हान गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस