२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्थानीय तह सिमाङ्कन र नामांकन सम्बन्धि आयोगको सिफारिस कार्यान्वयन गर्न जनता प्रगतिशील पार्टीको माग

२०७८ माघ २०, बिहिबार प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

परासी, २० माघ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी पश्चिम नवलपरासीले स्थानीय तह सिमाङ्कन र नामांकन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।
पार्टीले आज नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो ।
पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डेको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा २०७४ को स्थानीय निर्वाचन अघि तत्कालिन उपप्रधानमन्त्री तथा संघीय मामिलामन्त्रीको संयोजकत्वमा गठित आयोगले गरेको सिफारिस अनुसार स्थानीय तहको नामाङ्कन र सिमाङ्कनको सिफारिस अनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन नभएका स्थानीय तहको नामाङ्कन र सिमाङ्कन सकेर मात्र निर्वाचनमा जानुपर्ने उल्लेख छ ।
स्थानीय तहको नामाङ्कन र सिमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात् मधेस प्रदेशमा मात्रै कार्यान्वयन भएको तर प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन नभएकोले आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरिनुपर्ने उक्त पार्टीको माग छ ।
पार्टीले आजै स्थानीय तह नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न, स्थानीय तहको निर्वाचन तुरुन्त गर्न, उखुको भुक्तानी तुरुन्त गर्न तथा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गदैै प्रदर्शन समेत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस