२०८३ कार्तिक ८, शनिबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाले रसुवा बाढीपीडितका लागि राहत कोषमा ३० लाख बढी सहयोग गर्ने

२०८३ भाद्र ११, बिहिबार प्रकाशित (१ महिना अघि) २५६ पाठक संख्या

परासी,११ भदौ । रसुवामा आएको महाप्रलयकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले प्रधानमन्त्री विपद् उद्धार कोषमा ३० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय सरकारसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट समेत सहयोग आवश्यक रहेकाले उक्त निर्णय गरिएको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार र राहतमा सहयोग पु¥याउनु हाम्रो दायित्व हो, नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेका छौँ,अरु सबैलाई पनि सहयोग गर्ने आग्रह समेत गरेका छौं ।”

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार नगरभित्रका शिक्षक,जनप्रतिनिधि र कर्मचारीकोको तीन दिन बराबरको आधारभूत तलबबाट झन्डै २७ लाख बढी रुपैयाँ, जनप्रतिनिधि र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी झण्डै ३० लाख रुपैयाँभन्दा बढी रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ ।

नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑