२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले निकट पचास विद्यार्थी नेकपा एकिकृत समाजवादीमा प्रवेश

२०७८ माघ १५, शनिबार प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

परासी, १५ माघ । पश्चिर म नवलपरासीमा नेकपा एमालेका पचास जना विद्यार्थीहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । रामग्राम र पाल्हीनन्दन गाउँपालिकाका पचास जना विद्यार्थीहरुले आज एक विज्ञप्ति जारी गर्दै एकिकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
नेकपा एकिकृत समाजवादी नवलपरासीका वरिष्ठ उपाध्यक्ष कृपाललाल यादव र उक्त पार्टीको अनेमसंघकी केन्द्रीय सदस्य सरिता पौडेलले आज परासीस्थित पार्टी कार्यालयमा विद्यार्थीहरुलाई सामूहिक रुपमा स्वागत गर्नुभएको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष यादवले आफ्नो पार्टी विधि र सिद्धान्त अनुरुप चल्ने र सर्वहारा वर्गको उत्थानमा निरन्तर लागिरहने बताउनुभयो । एमालेमा दलालवाद र पुँजीवाद हावी हुँदा पार्टीका ईमान्दार कार्यकर्ता पछाडि पर्नुपरेको उहाँको भनाई थियो ।
एमाले संगठनको क्रियाकलापबाट असन्तुष्टि व्यक्तगर्दै नेकपा एसमा प्रवेश गरेको विज्ञप्तिीमा जनाईएको छ । उनीहरुलाई पार्टीका शीर्ष नेता मार्फत पार्टी प्रवेश गराउने नेतृ पौडेलले बताउनुभयो । एमाले विधि र सिद्धान्त अनुरुप चचलेकै कारण आफूले विद्रोह गरेको बताउँदै नेतृ पौडेलले नयाँ पार्टी भएपनि भविष्य उज्जवल भएको दाबी गर्नुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%१%१%

प्रतिक्रिया दिनुहोस