२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजको दशौँ अधिवेशन सम्पन्न, वर्ष २०२२ को अध्यक्षमा तिवारी

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

परासी, १० माघ । रामग्राम महिला जेसीज वर्ष २०२२ को अध्यक्षमा अनिता दवाडी तिवारी निर्वाचित हुनुभएको छ ।
रामग्राम महिला जेसीजको परासीमा सम्पन्न ११ ओैँ वार्षिक साधारणसभा तथा १० ओैँ शाखा अधिवेशनबाट वर्ष २०२२ को लागि सर्वसम्मत नयाँ समिति चयन भएको हो ।
समितिको कार्यकारिणी उपाध्यक्षमा सनम मुल्मी,दुर्गावति गुप्ता,उपाध्यक्षमा रजनि श्रीवास्तव,प्रिति अग्रहरी,सरिता कुर्मी,शुसिला क्षेत्री , सहसचिवमा बिमला अधिकारी र सहकोषाध्यक्षमा बिष्णुमाया राना निर्वाचित हुनुभएको निर्वाचन आयुक्त एवं रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष रजनि ढकालले जानकारी दिनुभयो ।
महासचिव, कानूनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षले मनोनीत गर्ने व्यवस्चा छ । रामग्राम महिला जेसीज वर्ष २०२१ की अध्यक्ष पुष्पा लामाको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियोे ।
राष्ट्रिय उपाध्यक्ष अग्रहरीले जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने थलो भएकोले यसमा आवद्ध युवाहरुले धेरै अवसर पाउने भन्दै अवसरको सदुपयोग गरी उद्यमशील बन्न आग्रह गर्नुभयो । जेसीजको माध्यमबाट बन्धुत्व विकास, सम्बन्ध विस्तारको साथसाथै व्वसायिक बन्न प्रेरणा मिल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरी, संस्थापक अध्यक्ष श्यामकुमार बस्याल,रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष रजनी ढकाल, पूर्व अध्यक्षहरु लक्ष्मी क्षेत्री, प्रभा ज्ञवाली, रिंगला यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारणसभाले महासचिव संगिता कुंवरको प्रतिवेदन र कोषाध्यक्ष सुनैना रञ्जितकारको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस