२०८२ जेष्ठ २६, आईतबार
24 खबर अपडेट

जसपा नवलपरासीले मनायो मधेस बलिदानी दिवस-सहिदको योगदानले उपलब्धी हासिल भएको मन्त्री यादवको भनाई

२०७८ माघ ५, बुधबार प्रकाशित ( साल अघि) ८४३ पाठक संख्या

मोहन पौडेल
परासी, ५ माघ । जनता समाजवादी पार्टी(जसपा) नेपाल नवलपरासीले आज मधेस बलिदानी दिवस मनाएको छ ।
जसपा नवलपरासीले बलिदानी दिवसको अवसरमा आज जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीका बिरामीलाई फलफूल वितरण गर्नुका साथै महेशपुरमा रहेको सहिद जथदीश पासवानको मूर्तिमा माल्यापर्ण तथा सहिदकी आमा सिंगारिदेवी पासवानलाई सम्मान समेत गरिएको जसपाका अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनुभयो ।
पृथ्वीचन्द्र अस्पतालका २२ जना बिरामीलाई फलफूल वितरण गरिएको उक्त पार्टीले जनाएको छ । त्यसपश्चात महेशपुरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले मधेस आन्दोलन र मधेसका सहिदको योगदानकै कारण अहिलेका उपलब्धी हासिल भएको दाबी गर्नुभयो ।
जसपाका केन्द्रीय सदस्य गोविन्द चौधरी, रामबचन यादव, चिनक कुर्मी, जिल्ला अध्यक्ष धरेन्द्र यादव लगायतले बोल्दै मधेसको बलिदानी दिवसमा सार्वजनिक विदा दिनुपर्ने माग गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस