२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

काङ्ग्रेस पश्चिम नवलपरासी जिल्ला सभापतिमा पोखरेल निर्वाचित

२०७८ मंसिर ११, शनिबार प्रकाशित ( साल अघि) ७५४ पाठक संख्या

मोहन पौडेल
परासी, ११ मङ्सिर – नेपाली काङ्ग्रेस नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को जिल्ला सभापतिमा अर्जुन कुमार पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले मोहन प्रसाद शर्मालाई पराजित गर्दै सभापतिमा विजयी हासिल गर्नुभएको हो ।
काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत जिल्ला नेतृत्वको लागि शुक्रबार भएको मतदानमा देउवा ईतर समूहका पोखरेल देउवा पक्षका शर्मालाई १९५ मत अन्तरले पछाडि पार्दै निर्वाचित हुनुभएको हो । आज सम्पन्न भएको मतगणनाको परिणाम अनुसार कूल मतदाता एक हजार ३४६ रहेकोमा एक हजार ३२९ मत खसेको थियो ।
मतदान अधिकृत दीपक भट्टराईका अनुसार पोखरेलले ७५६ मत र शर्माले ५६१ मत प्राप्त गर्नुभएको छ । जिल्ला कार्य समितिमा पोखरेलको प्यानलनै विजयी भएको छ । पोखरेलको प्यानलबाट उपसभापतिमा अनिलकुमार गौड र विक्रमप्रसाद यादव, सचिवमा उमेशचन्द्र यादव र कुलदीप आचार्य, सह–सचिवमा दीपक बराल क्षेत्री र सन्त बहादुर गाहा विजयी हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा राधिका कुमारी पाण्डे, सञ्जयमणि त्रिपाठी, गौरादेवी कौशल, चन्द्रमणि चौधरी, उत्तमा राय, हरिप्रसाद शर्मा ढकाल, बिमला उपाध्याय, चन्द्रकान्त खनाल, राधिका सापकोटा, कमल थापा, मानबहादुर थापा बर्मा, आराधना भट्ट, गोपाल डिस्वा मगर, वीरेन्द्र अग्रहरी, दुर्गा कोईराला, विष्णुप्रसाद सुवेदी, यामलाल पाण्डे, मञ्जु खत्री, रामबहादुर क्षेत्री, प्रेम कामु मगर, रिना कुमारी गुप्ता, सतिस चन्द्र चौधरी, हरिप्रसाद यादव, शान्ति सुनार, तपचन्द्र विश्वकर्मा, तीर्थदेवी थारु, झिन्कु सिंह चौधरी, बिसमिल्ला जोलहा,खुमाकान्त तिवारी निर्वाचित हुनुभएको नेपाली कांग्रेसले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस