२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीको अधिवेशन पुस १० गते हुने

२०७८ मंसिर ४, शनिबार प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

परासी, ४ मंसिर। प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाको जिल्ला अधिवेशन आगामी पुस १० गते हुने भएको छ । प्रेस चौतारी नवलपरासी जिल्ला कमिटीको शुक्रबार बर्दघाटमा बसेको विस्तारित बैठकले पुस १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको हो ।
जिल्ला अधिवेशन आयोजना गर्न प्रेस चौतारीका जिल्ला संयोजक मोहन पौडेलको संयोजकत्वमा २५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरिएको चौतारीका सहसंयोजक गौरीशंकर जयसवालले बताउनुभयो । अधिवेशन अघि मंसिर मसान्त सम्म सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
चौतारीको बैठकले नेकपा एमालेको यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउने निर्णय पनि गरेको चौतारीका सहसंयोजक कृष्ण ढकालले बताउनुभयो ।
उक्त अवसरमा प्रेस चौतारीको लुम्बिनी प्रदेश सचिव नियुक्ती हुनुभएका नवलपरासीका बेनीमाधव बस्याललाई सम्मान गरिएको थियो। चौतारीले एमालेको महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रतिनिधिहरु तथा हालै सम्पन्न वडा र पालिका कमिटीमा निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेको सहसंयोजक ढकालले बताउनुभयो।
प्रेस चौतारीका जिल्ला संयोजक मोहन पौडेलको अध्यक्षता तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, प्रेस चौतारीका केन्द्रिय सदस्य यम राना, एमाले जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि रामप्रसाद अर्याल, एमाले बर्दघाट नगर कमिटी अध्यक्ष रबिन्द्र विक्रम हमाल, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रे लगायतले शुभकामना व्यक्त गर्नुभएको प्रेस चौतारीका प्रदेश सदस्य केशव पराजुलीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस