२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एमाले महाधिवेशन प्रतिनिधि छनौटका लागि शनिबार मतदान हुने

२०७८ कार्तिक २६, शुक्रबार प्रकाशित ( साल अघि) ६०३ पाठक संख्या

परासी, २६ कात्तिक । पश्चिम नवलपरासीमा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको लागि चुनाव हुने भएको छ । सर्वसम्मत नभएपछि कात्तिक२७ गते शनिबार मतदान मार्फत महाधिवेशन प्रतिनिधि छनौट गर्न लागिएको उक्त पार्टीले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीमा चार महिला, दुई दलित र आठ खुल्ला गरी १४ जना महाधिवेशन प्रतिनिधि छनौट हुने जिल्ला अध्यक्ष तुलसी पासीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटा निर्वाचन क्षेत्रबाट बाट दुई महिला र चार खुल्ला गरी ६÷६ जना र दलितको लागि सिंगो जिल्लालाई एक निर्वाचन क्षेत्र मानि दुई जना छनौट गर्ने प्रावधान अनुसार दलित तर्फको प्रतिनिधि छनौट सर्वसम्मत भईसकेको छ ।
दलिततर्फबाट जिल्ला अध्यक्ष पासी र नेता राजु हरिजन महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । अब शनिबार निर्वाचन क्षेत्रबाट जाने महिला र खुल्ला तर्फको चुनाव हुन लागेको हो । क्षेत्र नं. १ मा दुई महिलाका लागि देवी पौडेल लौडारी, सिन्धु जलेसा बुढाथोकी, राधिका शर्मा भट्ट, सरिता खनाल भुसाल र मधुमाया पौडेल गरी पाँच जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक फुलकुमारी गिरी(सीमा)ले जानकारी दिनुभयो ।
यस्तै खुल्लातर्फ चार जनाको लागि धीरज शर्मा बस्याल,सुवासचन्द्र जिसी, दीपेन्द्र अधिकारी, एकदेव पाण्डे, बद्रीनाथ खनाल, टोपबहादुर सिंह ठकुरी, निमानन्द न्यौपाने, पुण्यप्रसाद पौडेल गरी नौ जनाको उम्मेदवारी परेको छ । बस्याल बर्दघाट नगर प्रमुख तथा अधिकारी प्रदेशसभा सदस्य हुनुहुन्छ ।
यस्तै क्षेत्र नं. २ तर्फ दुई महिलाका लागि तारा आचार्य, सरस्वती सुवेदी, बिमला अर्याल,रिंगला यादव, लक्ष्मी क्षेत्री र भगवती भण्डारी गरी ६ जनाको उम्मेदवारी परेको छ भने चार जना खुल्लाका लागि थानप्रसाद गैरे, डोलराज भण्डारी, केशव भण्डारी, वीरेन्द्र यादव, लेखनाथ खरेल, दधिराम अर्याल, रामचन्द्र भण्डारी, सुर्यप्रसाद दुवे, कृष्णप्रसाद बगाले, राजनकुमार आचार्य र बद्रीमान श्रेष्ठ गरी ११ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक रेशम शर्माले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ को बाल्मिकी मावि पुर्नवास र क्षेत्र नं. २ को प्रगति मावि स्वाठी सुनवलमा शनिबार विहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने एमालेले जनाएको छ । पार्टीका सबै संगठित सदस्य मतदानमा सहभागि हुन पाउने अध्यक्ष पासीले जानकारी दिनुभयो ।
एमाले जिल्ला उपसचिव राजन आचार्यका अनुसार पश्चिम नवलपरासी जिल्लामा एमालेका कुल सात हजार ४६ संगठित सदस्य रहेका छन् । दलित मतदाता ७०६ छन् । दलित तर्फको प्रतिनिधि सर्वसम्मत भईसकेकोले अव दलित मतदाताले भने मत खसाल्न पाउने छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस