२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अग्रहरी दम्पत्तिद्धारा रेडक्रसलाई रु दश लाख सहयोग

२०७८ कार्तिक ११, बिहिबार प्रकाशित ( साल अघि) ११३६ पाठक संख्या

मोहन पौडेल
परासी, ११ कात्तिक । नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरी र उहाँकी धर्मपत्नी गायत्री अग्रहरीले रेडक्रस जिल्ला शाखाका लागि नगद रु दश लाख रुपैँया सहयोग हस्तान्तरण गर्नुभएको छ ।
राजेन्द्रप्रसाद तथा गायत्री अग्रहरी अक्षय कोष स्थापनाका लागि आज एक समारोहको आयोजना गरी अग्रहरी दम्पत्तीले आफ्नो व्यक्तिष्त तर्फबाट उक्त रकम रेडक्रसलाई हस्तान्तरण गर्नुभएको हो ।
लामो समयदेखि रेडक्रसको माध्यमबाट सामाजिक र मानवीय सेवामा सक्रिय अग्रहरीले विपद्मा परेका नागरिकको सहयोगार्थ दश लाख रुपैँया सहयोग गर्नुभएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो ।
सभापति अग्रहरीले रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण गर्ने प्रतिवद्धता गरेको भएपनि अहिले सरकारले एम्बुलेन्स सञ्चालनमा कडाई गरेको र एम्बुलेन्स खरिद गर्न सम्भव नभएपछि उक्त रकम अक्षय कोषमा सहयोग गर्नुभएको हो ।
अक्षय कोष स्थापना भएपनि यसको कार्यविधि बनिसकेको छैन् । कार्यविधि बनाउन रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य घनश्यामप्रसाद यादवको संयोजकत्वमा कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्री सदस्य र शाखा अधिकृत मुरारी गुप्ता सदस्य सचिव रहेको मस्यौदा समिति गठन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्रले रकम हस्तान्तरण गरेकोमा अग्रहरी दम्पत्तीलाई धन्यवाद व्यक्त गर्नुभयो । मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले अक्षय कोषको माध्यमबाट विपद्मा परेका विपन्न समुदायले लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा रेडक्रस लुम्बिनी प्रदेश समिति सदस्य हैदर अलि मोमिन, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, संघका पूर्व अध्यक्ष वीरेन्द्र अग्रहरी, वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, नवलपरासी ईट्टा उद्योग संघका अध्यक्ष धनपद यादव, उद्योगी अमरचन्द अग्रवाल, रेडक्रसका उपसभापति कृष्ण लामिछाने लगायतले अग्रहरी दम्पत्तिको सेवा भावको प्रशंसा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस