२०८२ भाद्र १६, सोमबार
24 खबर अपडेट

एमाले सरावलद्धारा शोक सभा सम्पन्न

२०७८ भाद्र २९, मंगलबार प्रकाशित ( साल अघि) ८१२ पाठक संख्या

 

परासी, २९ भदौ । नेकपा एमाले सरावल गाउँपालिका कमिटी नवलपरासीको आयोजनामा सरावल- ४ गोबरहियामा शोकसभा सम्पन्न भएको छ ।
पार्टीका संगठित सदस्य रबडिदेवि हरिजनको स्मृतिमा आज उहाँकै निवासमा शोकसभा गरिएको हो ।
एमाले सरावल अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा नेकपा एमालेका नेता एवं राष्ट्रियसभा सदस्य रामलखन हरिजनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमालेका निर्वतमान जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य राजु हरिजन, सरावल-५ का वडा अध्यक्ष कैलाश यादव,एमाले नेता सुखाडि चौधरी, पञ्चराम चौधरी,एमाले प्रतापपुर अध्यक्ष मुन्ना यादव,नेता बास्मति हरिजन,सरावल-४ का संयोजक सन्तराम केवट,अखिल नेपाल किसान महासंघका धनन्जय कहार,एमाले सरावल सचिव देवराज चौधरी लगायतले स्वर्गीय हरिजनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस