२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा २२ वर्षदेखि फरार अभियुक्त पक्राउ

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) ६८६ पाठक संख्या

मोहन पौडेल
परासी, ८ भदौ । सवारी ज्यान मुद्दामा २२ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का ६० वर्षीय साहेब चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको टोलीले रामग्राम नगरपालिका–११ बाट चौधरीलाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले राससलाई जानकारी दिनुभयो ।
विसं.२०५६ साल माघ १९ गते जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा फैसला भई तत्काल एक वर्ष ११ महीना पाँच दिन सजाय तोकेपछि चौधरी फरार रहेको प्रनाउ लामाले बताउनुभयो ।
परेका चौधरीलाई जिल्ला अदालतमा आवश्यक कारवाहीका लागि पेश गरिएकोमा अदालतले उनलाई कैद भुक्तानीका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस