२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

हाम्रो प्राथमिकता मधेसका मुद्दा समाधान गराउनु हो – महत्तो

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) ५३९ पाठक संख्या

मोहन पौडेल
परासी, २५ साउन । जनता समाजवादी पार्टी नेपाल(महन्थ– राजेन्द्र समूह )का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महत्तोले मधेसका मुद्दा स्थापित गर्नु आफ्नो समूहको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) को परासी मा उक्त पार्टीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले मधेसका माग सम्बोधन नभए सम्म निरन्तर लडिरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता मधेसका मुद्दा समाधान गर्नु हो, हाम्रा माग सम्बोधन गरेका कारण ओली सरकारमा सहभागी भएका थियौं , देउवा सरकारलाई पनि माग सम्बोधन हुने विश्वासका साथ समर्थन गरेका हौँ ”
मधेसी एकतासहित नेपाललाई सबै वर्ग,समुदायको साझा फूलबारी बनाउन आफूहरूले राष्ट्रिय अभियान चलाउने उहाँले बताउनुभयो । उहाँले उपेन्द्र यादवले बेईमानी गरि निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता लिएको उहाँको आरोप थियो ।
नेता महत्तोले सबै मधेसी नागरिकलाई एक हुन आह्वान गर्नुभयो । पार्टीको आधिकारिकताको विषयमा अदालतको फैसला आएपछि नयाँ पार्टीको विषयमा निर्णय हुने जानकारी दिनुभयो ।
जसपाकै अर्का नेता एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले तत्कालीन समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भए पनि उपेन्द्र यादवका कारण समायोजन हुन नसकेको दाबी गर्नुभयो । उहाँले सत्तालिप्साले मधेसका मुद्दा समाधान हुन नसक्ने जिकिर गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य नीलम यादव, हैदरअलि मोमिन,दुर्गा चौधरी, महिला संघकी अध्यक्ष शोभा चौधरी, प्रवक्ता रामज्ञा पाण्डे, युवा नेता नगेन्द्र अग्रहरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस