२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन र सुस्ताबाट अबैद्य सामान र भैँसी प्रहरीको नियन्त्रणमा

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

मोहन पौडेल
परासी, ११ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले भारतबाट नेपालतर्फ भित्राईएको अवस्थामा आज तीन लाख ७७ हजार मूल्य बराबरको अवैद्य सामान तथा भैँसी नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्राईएको अवस्थामा प्रहरीले पाल्हीनन्दन र सुस्ता गाउँपालिकाबाट उक्त सामान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार आज दिउँसो भारतबाट भन्सार छली अवैद्य रुपमा ल्याउँदै गरेको एक लाख ७८ हजार ५७० रुपैँया बराबरको २१९ थान कपडा र ४९ डिब्बा हुक्का सुर्ती सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन–३ बेलाशपुरबाट नियन्त्रणमा लिएको हो । मोटरसाईकलमा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर मानिस मोटरसाईकलसहित भागेको प्रहरीले जनाएको छ ।
भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको दुई वटा भैँसी र तीन वटा पाडा सुस्ता गाउँपालिका–५ तरेनीबाट प्रहरी चौकी रामनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको भैँसी र पाडाको मूल्य एक लाख १६ हजार बराबर रहेको डिएसपी लामाले बताउनुभयो ।
यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मैनबत्ती, सुन राख्ने डब्बा, सुन जोख्ने तराजु, सुर्ती लगायतका सामान तथा नेपालबाट भारततर्फ लैँजादै गरिएको स्टार ब्राण्डको मदिरा ईलाका प्रहरी कार्यालय अमानीगन्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन – २ भक्सीपुरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामानको मूल्य ८२ हजार ५२० रुपैँया रहेको छ । बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि आजै महेशपुर भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस