२०८३ कार्तिक १०, सोमबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाद्धारा धान प्रवद्र्धनका लागि कृषकलाई आधुनिक कृषि उपकरण वितरण

२०७८ श्रावण ३, आईतबार प्रकाशित (५ साल अघि) १३२६ पाठक संख्या

मोहन पौडेल
परासी, ३ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले धान उत्पादन प्रवद्र्धन गर्न कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण उपलब्ध गराएको छ । परम्परागत खेतीलाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउँदै उत्पादनमा बृद्धि गर्न यान्त्रिकिरणमा जोड दिईएको हो ।
पाल्हीनन्दन ४ मा सञ्चालित धान मिसन कार्यक्रममा आवद्ध कृषकहरुलाई आज एक कार्यक्रम गरी अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरिएको हो । सिँचाईदेखि किरा नियन्त्रण गर्नेसम्मका प्रविधिको मेसिन प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
सामाग्री गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा वितरण गरिएको हो। गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीका अनुसार ८२ थान स्प्रे ट्याङ्की, १९ थान सिडी मेसिन, मोटर १९ थान लगायत वितरण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑