

परासी, ३ मंसिर । पश्चिम नवलपरासीमा श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई अघि बढाएको छ । पार्टीले जिल्लाका सातवटै स्थानीय तहमा संगठन निर्माण गर्ने लक्ष्यसहित पाल्हीनन्दन गाउँपालिकामा १३ सदस्यीय पालिका स्तरीय कार्यसमिति गठन गरेको छ ।
विहीबार सम्पन्न भेलाले छोटेलाल यादवको अध्यक्षतामा गाउँपालिका कार्यसमिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा निलकुमारी चौधरी र मोहित ठाकुर, सचिवमा मुकेश कुमार हरिजन, सहसचिवमा दिनेश कुमार हरिजन, कोषाध्यक्षमा असिरा खातुन र सहकोषाध्यक्षमा राजु डफाली चयन भएका हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा महबुल अली, सैफद अली, अत्तर अली, तुलसी यादव र पप्पु हरिजनलगायत रहनुभएको छ । पार्टीका ज्येष्ठ सदस्य एवं जिल्ला उपसंयोजक शम्सेर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, नेता वीरेन्द्र ठाकुर, अफताभ आलमलगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष चौधरीले आगामी मंसिर महिनाभित्रै पश्चिम नवलपरासीका सातवटै पालिकामा पार्टीको संगठन विस्तार गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभएको छ । उहाँले जिल्लाभर संगठनलाई मजबुत बनाउँदै पार्टीका नीति, विचार र उद्देश्यलाई जनस्तरसम्म पु¥याउने अभियान सञ्चालन भइरहेको बताउनुभयो ।