२०८३ मंसिर १, मंगलबार
24 खबर अपडेट

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते

२०८३ कार्तिक ३०, सोमबार प्रकाशित (१0 घण्टा अघि) २८२ पाठक संख्या

परासी,३० कात्तिक । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्लाको प्रतापपुर गाउँपालिका–८ गंगापुरस्थित बेलाटारी–बद्रीघाट भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा प्रतापपुर–४ हरपुराका २५ वर्षीय ओमकार सहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बिहान १०ः५० बजे बेलाटारीबाट बद्रीघाटतर्फ जाँदै गरेको यूपी ५६ भी ८२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सहानीको टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनालगत्तै प्रहरीले घाइते दुवै जनाको उद्धार गरी प्रहरीको गाडीमार्फत उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पु¥याएको थियो। अस्पतालमा बिहान ११ः४० बजे चिकित्सकले ओमकारलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्रतापपुर–४ कै २६ वर्षीय कालीप्रसाद सहानी घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


↑