२०८३ मंसिर १, मंगलबार
24 खबर अपडेट

दुईवटा शंकास्पद गाडीसहित एक जना पक्राउ

२०८३ कार्तिक ३०, सोमबार प्रकाशित (१३ घण्टा अघि) ८५ पाठक संख्या

 

परासी,३० कात्तिक । पश्चिम नवलपरासीमा दुईवटा शंकास्पद गाडीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारीसाधनको किनबेच गर्ने क्रममा गाडीको वास्तविक इन्जिन तथा च्यासिस नम्बर र सवारी दर्ता किताबमा उल्लेखित विवरण फरक पाइएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१८ घर भई बर्दघाट नगरपालिका–४ बाढीपीडित बस्ने ३६ वर्षीय विजय हरिजन रहेका छन्।
डीएसपी थापाका अनुसार हरिजनले बर्दघाट नगरपालिका–९ भुताहा निवासी ४८ वर्षीया दुर्गा गुरुङलाई बा.१९ च. ८१९५ नम्बरको सेकेण्ड ह्यान्ड स्विफ्ट भीडीआई गाडी २१ लाख रुपैयाँमा बिक्री गर्ने सहमति गरेका थिए। सोही सहमतिअनुसार गुरुङले पटक–पटक गरी ६ लाख ५० हजार रुपैयाँ बुझाउनुभएको थियोे ।

बाँकी रकम बुझाएर गाडी नामसारी (पास) गर्न खोज्दा उक्त गाडी पास गर्न नमिल्ने भन्दै हरिजनले अर्को बा.प्र.च. ५१८१ नम्बरको रातो रङको हुन्डाई कम्पनीको आई–१० गाडी र त्यसका कागजात उपलब्ध गराएपछि प्रहरीले चोरीको आशंका गरेको हो ।
सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर तथा च्यासिस नम्बर र गाडीमा रहेको वास्तविक इन्जिन तथा च्यासिस नम्बर फरक पाइएपछि गुरुङले चोरीको आशंका गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा जानकारी गराउनु भएको थियोे ।

सोही सूचनाका आधारमा प्रहरीले हरिजनलाई दुवै गाडीसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका हरिजनमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑