२०८३ कार्तिक २९, शनिबार
24 खबर अपडेट

घरायसी विवादमा आमा–छोरीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

२०८३ कार्तिक २८, शुक्रबार प्रकाशित (१७ घण्टा अघि) ३३४ पाठक संख्या

परासी,२७ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ विष्णुपुरामा घरायसी विवादका क्रममा आमा–छोरीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार गत कात्तिक २५ गते बिहान करिब १० बजे स्थानीय ४६ वर्षीया सावित्री देवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तामाथि कुटपिट भएको थियो।

घरायसी विवादलाई लिएर सोही स्थानका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ताले लाठी तथा भाटासमेत प्रयोग गरी आमा–छोरीमाथि कुटपिट तथा हातपात गरेको प्रहरीको भनाइ छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे तत्काल अनुसन्धान अघि बढाएको थियो। पीडित पूजा कुमारी गुप्ताबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दरखास्त लिएर प्रहरीले आरोपित तीनै जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका विनोद, सिद्धेश्वर र अजयलाई जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%

प्रतिक्रिया दिनुहोस


↑