२०८३ कार्तिक १५, शनिबार
24 खबर अपडेट

नेपाल सनातन धर्म संस्कृति संगठन नवलपरासीमा नयाँ नेतृत्व चयन,संस्कृति संरक्षणमा एकताबद्ध हुन आह्वान

२०८३ कार्तिक १५, शनिबार प्रकाशित (२ घण्टा अघि) ६३ पाठक संख्या

मोहन पौडेल
परासी, १४ कात्तिक । सनातन धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै नयाँ पुस्तामा धार्मिक एवं सांस्कृतिक चेतना अभिवृद्धि गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ।
नेपाल सनातन धर्म संस्कृति संगठन नवलपरासीको सुनवलमा शनिबार आयोजित दोस्रो जिल्ला अधिवेशनमा बोल्ने वक्ताहरूले धर्म र संस्कृतिको संरक्षण सामाजिक एकता, राष्ट्रिय पहिचान र मौलिक परम्पराको निरन्तरतासँग जोडिएको बताएका हुन्।
अधिवेशनको उद्घाटन गर्दै पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधानले सनातन धर्म संस्कृतिको संरक्षण गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सनातन धर्म र संस्कृति कुनै एक पुस्ताको मात्र सम्पत्ति नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सभ्यता र पहिचानको आधार भएको धारणा व्यक्त गर्नुभयो । धार्मिक आस्था, सांस्कृतिक परम्परा, संस्कार र नैतिक मूल्यको संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्त्व पु¥याउनुपर्नेमा उहाँको जोड थियो ।
नेपाल सनातन धर्म संस्कृति संगठनका केन्द्रीय महासचिव दीपक सुवेदीले सनातन धर्म तथा संस्कृतिको संरक्षणका लागि संगठनात्मक एकता, जनचेतना र निरन्तर सामाजिक सक्रियता आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई जिल्लास्तरमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
संगठनको दोस्रो जिल्ला अधिवेशनले तुल्सिराम पाण्डेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति समेत निर्वाचित गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा देवेश मिश्र र तुल्सा भट्टराई तथा सचिवमा टिकाराम ढकाल निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा प्रमोद चौहान, नारायण खनाल, मधु क्षेत्री, मधु राणा, विष्णु भट्टराई र रबी कुमार हरिजनलगायत चयन हुनुभएको छ । सल्लाहकारमा कृष्णप्रसाद पौडेल, मनमोहन महन्थ र मिलन श्रेष्ठलगायत रहनुभएको छ।
उक्त अवसरमा विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, , समाजसेवी देवी घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य भरत पाण्डे तथा राप्रपा नवलपरासीका जिल्ला अध्यक्ष रामभवन यादव लगायतले धर्म र संस्कृतिको संरक्षणका विषयमा धारणा राख्नुभएको संगठनका रमेश क्षेत्रीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑