२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

गृहमन्त्रीमा खाँड तथा अर्थमा जनार्दन शर्माद्वारा सपथ

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) ४९० पाठक संख्या

काठमाडौं, असार २९ । प्रधानमन्त्री शेरबहादुर देउवासँगै नवनियुक्त मन्त्रीहरूले पनि सपथ ग्रहण गर्नु भएकाे छ ।  गृहमन्त्रीमा बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा जनार्दन शर्माले पनि पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयाेजित एक समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साे सपथ गराउनु भएकाे थियाे ।
साथै  कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीमा पम्फा भुषालले पनि सपथ लिनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस